सरकारले गरेका राम्रा कामको सही मूल्यांकन भएन : प्रचण्ड

गोरखा, असोज २० ।

नेकपाका अध्यक्ष प्रचण्डले सरकारले गरिरहेका राम्रा कामको प्रचार कम भएको गुनासो गरेका छन् । आजबाट सुरु भएको दसैँ सस्तो बजार मेला उद्घाटन गर्न गोरखा सदरमुकाम आएका अध्यक्ष प्रचण्डले पत्रकार साथीहरुले सडकका खाल्डाखुल्डीलाई मात्र बढी प्रचार गरेको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘‘साथीहरु सडकको खाल्डोको मात्रै चर्चा गर्नुहुन्छ । देशकै खाल्डा पुर्नेभन्दा ठूल्ठूला काम भएका छन्, तिनको पनि चर्चा गर्नुपर्‍यो ।’

अभ्यक्ष प्रचण्डले सरकारले गरेका राम्रो कामको सही मूल्याङ्कन गर्ने र हुन नसकेका कामको रचनात्मक सल्लाह र सुझावको आवश्यकता रहेको बताए । भूपरिवेष्ठित राष्ट्र नेपाल अब विभिन्न बन्दरगाहसँग जोडिन लागेको भन्दै उनले चीनसँगको ४ वटा बन्दरगाह प्रयोग गर्नेबारे भएको सम्झौतालाई सरकारको उल्लेख्य कामको रुपमा चर्चा गरे ।

सडकलगायत पूर्वाधारलाई व्यवस्थित बनाउने दिशामा पनि सरकार गम्भीर भएर लागिरहेको उनले दाबी गरे । निर्मला हात्यकाण्डलगायत शान्ति र सुरक्षामा देखिएका च्नौतिका बारेमा पत्रकारले राखेको जिज्ञासा उनले भने, ‘देशमा बढ्दो बलात्कारलगायत आपराधिक घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अबलम्बन भएन भन्ने नागरिकका गुनासो छिट्टै अन्त्य गरिन्छ ।’

कमेन्ट गर्नुहोस्