साउदीमा नेकपाको प्रवासी नेपाली एकता मंच गठन

साउदी,असोज २०।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवास संगठन “प्रवासी नेपाली एकता मंच साउदीमा पनि गठन भएको छ।

साउदी अरबका कृयाशिल दुई प्रबास संगठन प्रबासी नेपाली मञ्च र नेपाली जन प्रगतिशील मञ्चबीच एकीकरण भइ प्रबासी नेपाली एकता मञ्च गठन भएको हो ।

पार्टी केन्द्रको निर्देशन अनुसार प्रवासमा रहेका दुबै पार्टीका जन बर्गिय संगठनहरु बिच एकता प्रक्रिया सुरु भएको थियो। नेकपाले साउदी अरबमा एकीकरणको लागि बलराम गिरी ,कमल साही (निर्मल), राजु खनाल ,र बाबुलाल बुढा रहेको चार सदस्यीय कार्यदल वनाएको थियो ।

कार्यदलको पटक पटक बैठक बसि नेतृत्वको लागि दुबै मंचको दाबी यथावत रहेकोले नेतृत्व चयन हुन नसकेको कार्यदलका एक सदस्यले बताए । नेतृत्वको लागि दुई दुई जनाको नाम सिफारिस गरि आबश्यक निर्णयार्थ पार्टी केन्द्रमा पठाइएको छ । संयोजक र सचिबबाहेक ३१ जना केन्द्रीय सदस्य निर्बिरोध चयन भएको छ कमल साही (निर्मल) ले जानकारी दिएका छन्।

नेपालमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रवासमा रहेका संगठनहरु बीच एकता हुन नसके पछी नेकपाको बिदेश बिभागले सकभर सहमतिमा र यदि सहमति हुन नसके कायर्दल बाट केन्द्रमा नेतृत्वको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

कमेन्ट गर्नुहोस्