मुख्यमन्त्री शाहीले भने,- ‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’

जुम्ला, असोज २० । ‘भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन’, जनप्रतिनिधिसँग शनिबार जुम्लामा आयोजित अन्तक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकल्प गरे ।

 

कर्णालीमा डोजर आतंकको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाए । ‘म भ्रष्टाचार गर्दिन,’ उनले भने, ‘र तपाई पनि नगर्नुस् ।’ अब विकासका लागि स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको शुरुआत जुम्लाबाट गर्नुपर्ने उनको भनाइ थियो ।

 

 

मख्यमन्त्रीले अगाडि थपे, ‘लगानी भित्र्याउने जिम्मा मेरो हो, तपाईहरु यही सोचका साथ काम गर्नुहोस् ।’ मुख्यमन्त्री शाहीले कर्णालीले नयाँ सिकाइ, सकारात्मक सोचका साथ अघि बढ्न आत्माप्रेरित हुनुपर्ने विचार व्यक्त गरे । कर्णालीलाई अन्तर्राष्ट्रिय व्यापारी केन्द्रका बनाइने भन्दै विकृत चीजविरुद्ध अभियान थाल्नुपर्ने उनको भनाइ थियो । -रासस

कमेन्ट गर्नुहोस्