लुका मोड्रिकको टिमको लगातार हार, एलाभेससँग पनि पराजित

एजेन्सी । रियल मड्रिड फेरि पराजित भएको छ । चार खेलमा जितबिहीन रहेको रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एलाभेससँग १–० ले स्तब्ध भएको हो ।

 

 

लुका मोड्रिकले फिफा वर्ष खेलाडीको अवार्ड जितेयताका खेलमा रियल मड्रिडले जित निकाल्न सकेको छैन । अवे मैदानमा भएको खेलमा माड्रिकसहित स्टार खेलाडी रहेको रियल मड्रिड इन्जुरी समयको त्यो पनि अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित भयो ।

 

 

एलाभेसका लागि इन्जुरी समयको पाँचौं मिनेटमा गार्सिया सान्चेजले विजयी गोल गरेका हुन् । एलाभेसले रियल मड्रिडलाई ला लिगामा हराएको यो सन् १९९१ यताकै पहिलो पटक हो ।

 

 

जितसँगै एलाभेस लिगको शीर्ष स्थानमा रहेका टिमसँग अंक बराबरी गर्न सफल भएको छ । सात खेलबाट १४ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । ८ खेलबाट १४ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा कायम छ भने समान १४ अंक नै बनाएको एलाभेस तेस्रो स्थानमा उक्लिएको छ ।

कमेन्ट गर्नुहोस्