अग्निपीडितलार्इ २ लाख राहत प्रदान

मङ्गलबारे, असोज २१ । इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ ।

इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो ।

नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु ७० हजार, तिलबहादुर बस्नेतलाई रु ७० हजार र नरबहादुर श्रेष्ठलाई रु १० हजार राहत प्रदान गरेको हो । नगरपालिका प्रमुख सूर्यप्रसाद पोखरेलले आगलागी पीडितलाई राहत प्रदान गर्नुभएको वडाध्यक्ष माधव बस्नेतले जानकारी दिए ।

एक महिनाअघि राँके बजारमा आगलागी हुँदा रु २ करोड १० लाख बराबरको क्षति भएको थियो । रासस

कमेन्ट गर्नुहोस्