क्यारिबियन मुलुक हइटीमा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

क्यारिबियन मुलुक हइटीमा भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार ५.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । दुई लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा हइटीमा गएको भूकम्पपछिको यो शक्तिशाली भएको बताइएको छ ।

कैयौँ भवनमा क्षति पुगेको विवरण प्राप्त भएका छन्। राष्ट्रपति जोभ्नेल मोइसले मानिसहरूलाई संयमित रहन आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता एड्डी ज्याक्सन एलेक्सिसले विपद्को अवस्थासँग जुझ्न एउटा कार्यदल गठन गरिएको बताएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार पोर(ड(पे शहरदेखि करिब १९ किलोमिटर उत्तर(पश्चिममा केन्द्रविन्दु बनाइ शनिवार अबरे राति भूकम्प गएको थियो । बीबीसीबाट

कमेन्ट गर्नुहोस्