दशै‌मा नजिकिंदै गर्दा करीब ३ महिनापछि हवार्इ सेवा सुरु

मुसिकोट, असोज २१ । रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ ।

तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौं– रुकुम–नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक-एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं–रुकुम–नेपाजगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम–काठमाडौँ उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो ।

दशैंतिहार नजिकिंँदै गर्दा हवाई सेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् ।

रुकुमको सल्लेबाट उडान शुरु भएपनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाई सेवा बन्द भएको छ । रासस

कमेन्ट गर्नुहोस्