शिल्पकारले गठन गरे नयाँ पार्टी

काठमाडौं, असोज २१ । शिल्पकारको हकअधिकारको लागि भन्दै नयाँ पार्टी गठन गरिएको छ । शिल्पकार उत्पीडित मुक्ती समाज नेपाल नामको पार्टीको राजधानीमा घोषणा सभा भएको छ ।

लामो समयदेखि दलित–शिल्पीको मुक्तिको लागि संघर्ष गर्दै आएका चित्रबहादुर रसाईलीको अध्यक्षमा ७७ सदस्यीय पार्टीको घोषणा गरिएको हो । राजधानीको संवाद डबलीमा भएको घोषणा सभामा बोल्दै अध्यक्ष रसाईलीले पेशागत पहिचान शिल्पकार शब्दलाई हाम्रो पहिचान बनाएर पूर्ण स्वतन्त्रा, समनता र पूर्ण मुक्तिका लागि संघर्ष गर्ने बताए । उनले काम गरी खानेलाई ठगी खानेले भ्रममा पारेको बताए ।

नयाँ कार्य समितिलाई शुभकामना दिँदै मानव अधिकारकर्मी तथा एम्नेष्टी इन्टर नेशनल नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर आधिकारीले विश्वभरी उत्पीडनको अवाज उठिरहेको बेला जातीय विभेदको निम्ती सबैजना जाग्नु पर्ने बताए ।

कुनै महिला हो या पुरुष आफूलाई सुन्दर बनाउन शिल्यकालाको सहयोग लिनुपर्ने बताउँदै भने, “कुनै महिला सुन्दर हुनको लागि गहना हो या कपडा शिल्पकलाकै आवश्यकता पर्छ ।” अधिकारीले विभेद अन्त्यको कामना गर्दै आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

पत्रकार दिपेन्द्र रावलले शुभकामना दिँदै आफू विभेद र असमानविरुद्धको आवाजलाई कलमको माध्यमबाट बुलन्द गर्दै आएको बताए । उत्पीडित समुदायको हक अधिकारको लागि खोलिएका संघ–संगठन सिमित व्यक्तिको स्वार्थ पूर्ति गर्ने साधन बन्दै आएको भन्दै रावलले दुःख व्यक्त गरे ।
अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङगनाले मानिसका दुई महिला र पुरुष गरी दुई जात मात्रै हुने बताउँदै २१ औं शताब्दीमा पनि जातिय विभेद रहनु दुःखद् भएको बताए ।

त्यस्तै यस संस्थाका उपअध्यक्ष जितबहादुर रसाईलीले आफूहरुले जन्मजात ईन्जिनियर भएको बताउँदै यसैमा गर्व गर्न सक्नु पर्ने बताए ।

नयाँ कार्यसमितिमा प्रवासका विभिन्न देशहरुमा जिम्मेवारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्