आईसीसी टीट्वान्टी एसिया छनौटअन्तर्गत थाइल्याण्डद्वारा नेपाललाई ब्याटिङको निम्तो

असोज २१ । आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको खेलमा नेपाललार्इ थाइल्याण्डले ब्याटिङको निम्तो दिएको छ ।

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनौट समूह ‘बी’ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले यसअघिका दुर्इ खेलमा जित निकालेको छ । नेपालले अघिल्लो खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएको थियो।

कमेन्ट गर्नुहोस्