छन्द–तर‌ंगको दोस्रो श्रृंखला

काठमाडौं, असोज २१ । छन्द–तर्रगको दोस्रो श्रृंङ्खलामा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो प्रस्तुति छन्द पारखीहरुका माझ प्रस्तुत गरेका छन् ।

साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नति, संरक्षणका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले, छन्द कविताको मानकीकरणका लागि सुरु भएको अभियान छन्द तरङ्गको यो दोस्रो श्रृंखला हो ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमको दोस्रो सृखलामा श्रष्टा रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो छन्दा कविता प्रस्तुत गरेका थिए ।

छन्द तरंग कार्यक्रमका कार्यक्रम संयोजकद्वय डा.रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मुर्त रुप प्रदान गर्दै हरेक महिना ३ जना प्रतिनिधि कविहरुका प्रतिनिधि कविताहरु प्रस्तुत गर्ने गरी छन्द तरंग मासिक शृङखलाको थालनी गरिएको हो ।

छन्द कविताका अभियन्ता तथा कार्यक्रम संयोजक डा। देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकीकरणका लागि हरेक महिना स्तरीय कविताहरु सम्प्रेषण गर्दै जाने, वार्षिक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्ने काम अगाडि बढी बढिसकेको बताए । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफूहरुले सुरु गरको अभियानले औपचारिक उचाई प्राप्त गरेको र नयाँ पुस्तासमेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गरे ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो एैतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुःशी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमि आउन नदिने प्रतिबद्धता व्यक्त गरे । हरेक सृखलामा फरक फरक श्रष्टा लाई उभ्याईने छन्द तरङ्ग कार्यक्रममा आगामि सृखलाको लागि श्रष्टा भुवनहरि सिग्देल, मित्रलाल पंज्ञानी र देवु लुईटेल माला हस्तानतरण समेत गरिएको छ ।

प्रत्येक महिनाको तेस्रो शुक्रबार ३ः३० बजेदेखि ५ बजेसम्म छन्द तरंग नयाँ बानेश्वर, थापागाउँमा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ ।

कमेन्ट गर्नुहोस्