हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ का पाँडेले दीपकको अन्तर्वार्ता भाँड्दै (भिडियोसहित)

काठमाडौं । घटस्थापनादेखि प्रर्दशनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’ को तीव्र प्रचारप्रसार जारी छ ।

चलचित्रको प्रचारकै लागि ‘छक्का पञ्जा ३’ को टोली लोकप्रिय टेलिश्रृंखला ‘भद्रगोल’को सेटमा पनि पुगेका थिए । त्यही मौकामा दीपकसँग अन्तर्वार्ता गर्दै गर्दा भद्रगोलका कलाकारले हैरान बनाए ।

दीपकसँगको अन्तर्वार्ता सुरु गरियो । चलचित्रमा शिक्षाको विषय समावेश गरिएकाले दीपकराज गिरीको एसएलसी अनुभव कोट्याउँदै थिएँ । उनले आफ्नो मनका कुरा क्यामेराको अगाडि सुनाउँदै गर्दा, बीचमै क्यामेराको फ्रेममा पाँडेको ड्रेसमै अर्जुन घिमिरे आइपुगे र अन्तर्वार्ता दिँदै गरेका दीपकलाई अनेक कुरा सोध्न थाले ।

पाँडेमात्र होइन, सेट रेडी भइसक्यो छिटो जानुपर्यो भन्दै दीपा पनि दिक्क लगाउन आइपुगिन् । भद्रगोलका श्रृंखला निर्देशक दीपक आचार्य (काकु) को निर्देशनमा उनीहरु अन्तर्वार्ता भाँड्न आएको पछिमात्र थाहा भयो ।

यस्तो छ भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्