विश्व कप टी–२० एसिया छनोट : नेपालद्वारा थाइल्याण्डलाई १७३ रनको चुनौती

काठमाडौं, असोज २१ ।

आईसिसी विश्व कप टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले थाइल्याण्डलाई एक सय ७३ रनको चुनौती दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको हो । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो खेल हो ।

नेपालले यसअघिका दुर्इ खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएको थियो।

कमेन्ट गर्नुहोस्