कमेडियन कपिल शर्माको ‘कम ब्याक’

काठमाडौं, असोज २१ ।

आफ्नो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर कमेडियन कपिल शर्मा फेरि एक पटक दर्शकमाझ आउँदै छन् । एक वर्षदेखि आफ्नो द कपिल शर्मा शो कार्यक्रम बन्द भएपछि डिप्रेसनमा परेका कपिलको कम व्याक हुने खबरले धेरैलाई खुशी बनाएको छ । उनले साेसल मिडिया  ट्वीटमार्फत अाफ्नाे कम ब्याक हुने खबर सार्वजनिक गरेका छन् । उनको शो सोनी टिभीबाट प्रसारण हुने भएको छ ।

छोटो समयमा सफलताको शिखर चुमेका कपिल अर्को कमेडियन तथा द कपिल शर्मा शो का चर्चित कलाकार सुनिल ग्रोबरसँगको झगडाका कारणा उनले अाफ्नाे शाेबाट हात धुनु परेकाे थियाे । सुनिलसँग भएको झगडा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको शो बन्द भएको थियो ।

कमेन्ट गर्नुहोस्