थाइल्याण्डको ८ ओभरमा ८ विकेट पतन, सन्दिप एक्लैले लिए ५ विकेट !

काठमाडौं, असोज २१ ।

आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको अहिले भएको खेलमा नेपाल र थाइल्याण्ड भिड्दै छन् । १ सय ७३ रनको चुनौती पाएको थाइल्याण्डले सात ओभरमा ७ विकेट गुमाएर १७ रन जोडेको छ ।

टस नितेर ब्याटिङको निम्तो दिएको थाइल्याण्डलाई नेपालले दिएको एक सय ७३ रनको चसनौती कठिन देखिएको छ । नेपालका लागि करण केसीले सर्वाधिक नटआउट ४० रनको योगदान गरे । मात्र १४ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए।

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघिका दुर्इ खेलमा जित निकालेको छ । नेपालले अघिल्लो खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएको थियो।

कमेन्ट गर्नुहोस्