मैदानमा सन्दिप र करन चम्किएपछि…

काठमाडौं, असोज २१ ।

आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको आजको खेलमा नेपाल र थाइल्याण्ड भिड्दै छन् । नेपालले दिएको १ सय ७३ रनको चुनौती पछ्याएको थाइल्याण्डले आठ. पाँच ओभरमा ९ विकेट गुमाएर १८ रन जोडेको छ ।

मैदानमा सन्दिप लामिछाने र करन केसी चम्किएपछि नेपालसामु थाइल्याण्ड टिक्न सकेन । सन्दिपले ५ र करण केसीले ३ र राजबंशीले एक विकेट लिएका छन् । अहिले पानी परेका कारण खेल रोकिएको छ ।

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघिका दुर्इ खेलमा जित निकालेको छ । नेपालले अघिल्लो खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएको थियो।

कमेन्ट गर्नुहोस्