पत्रकारको न्यूनतम तलबमा २५ प्रतिशत वृद्धि

काठमाडाैँ, असाेज २१ ।

सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। वृद्धि भएको तलब कात्तिक १ गतेबाट लागू हुनेछ। अब श्रमजीवी पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ।

कमेन्ट गर्नुहोस्