भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

काठमाडौं, असोज २१ ।
बिक्री गरेको उखुको भुक्तानी नपाएपछि उखु किसानले आन्दोलनमा उत्रने चेतावनी दिएको छन् ।

चाडवाड आइसक्दा समेत चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु उत्पादक किसान संघ, किसान हकहित समिति र मिलगेट उखु उत्पादक समिति हरिवनले संयुक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको हो ।

उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरुको आरोप छ । कृषि मन्त्रालयको सिफारीसमा गत वैशाख ५ मा बसेको मन्त्री परिषदको बैठकले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैँया २८ पैसा र नेपाल सरकारले अनुदान बापत ६५ रुपैँया २८ पैसा गरी प्रति क्विण्टल पाँच सय ३६ रुपैँया ५६ पैसा दिने निर्णय भएको थियो ।

निर्णय भएको ६ महिनासम्म पनि आफुहरुले भक्तानी नपाएपछि आन्दोलनको बाटो तताउनु परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । हाल सम्मको उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नु पर्ने महासंघको दाबी छ ।

कमेन्ट गर्नुहोस्