नैतिक शिक्षा पढाउने शिक्षक नै २ जना छात्रा बलात्कारको आरोपमा पक्राउ

काठमाडौं, दुई जना छात्रा बलात्कारको घटनामा प्रहरीले एकजना शिक्षकलाई पक्राऊ गरेको छ ।

जिल्ला प्रहरी काभ्रेले कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले बताएका छन् ।

शिक्षक पहारीविरुद्ध जबर्जस्ती करणी र दुव्र्यवहारको अभियोग लागेको छ ।

अहिले उनलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिहेको छ ।

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।

शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलाप गर्दै आएको आरोप छ ।

शिक्षकले बिभिन्न बहानामा दुव्र्यवहार गर्ने गरेको र कसैलाई नभन्न धम्की दिँदै आएको जाहेरीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्