सिके राउत फेरि पक्राउ

हरीले छुट्टै मधेशको अभियान चलाइरहेका सिके राउतलाई फेरि नियन्त्रणमा लिएको छ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए ।

राउतलार्इ राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

‘उनीहरूसँग सोधपुछ भइरहेको छ,’ थापाले भने।

राउत मधेस छुट्टै देश बनाउनुपर्छ भन्दै अभियान चलाइरहेका छन्।

यसअघि पनि प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा लिएर छोड्दै आएको छ।

कमेन्ट गर्नुहोस्