नेकपा सचिवालय बैठक स्थगित, भोली बिहान ८ बजे बस्ने

 

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवं नेकपाको सचिवालयका अनुसार बैठक सोमबार बिहान ८ बजेका लागि सरेको हो ।

बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइन्छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डको कार्यव्यस्तता भएकोले बैठक सारिएको सचिवालयले जनाएको छ ।

पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्