उपमेयर जानुका बजार अनुमगनमा उत्रिएपछि…

काठमाडौं, २१ असोज । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्रका उद्योग तथा पसलहरुमा छापा हानेको छ । नगर उपप्रमूख जानुका पराजुलीको नेतृत्वमा खटिएको टोलीले बजार अनुगमन गरेको हो ।

नगरपालिकाले बउजार अनुगमन निर्देशिका, २०७४ अनुसार उद्योग तथा पसलहरुमा राखिएका वस्तुहरु, तिनको गुणस्तर, मूल्यसूचि लगायतका विषयमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मिति नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको उपप्रमूख पराजुलीले जानकारी दिइन् ।

अनुगमन समितिले स्थानीय व्यवसायीहरुलाई चार बुंदे निर्देशनसमेत दिएको छ । समितिले व्यवसायलाई नगरपालिका कार्यालयमा दर्ता गर्न, खाद्य वस्तुको सरसफाई र गुणस्तर कायम गर्न, उपभोक्ताले देख्ने गरी सामानको मूल्य सूचि टाँस गर्न, मिति नाघेका खाद्य वस्तुहरुको बिक्री बितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
दशैं, तिहारजस्ता पर्वहरुमा कृतिम अभाव र मूल्य बृद्धिजस्ता समस्या नआउन् भनेर अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरका सबै वडा र पसलहरुमा नियमित अनुगमन गर्नेसमेत निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्