साउदी असोज २१। वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका नेपालीलाई त्यहाँको कानुन उल्लंघन नगर्न दूतावासले सचेत गराएको छ।
साउदी अरवको सरकारले साइबर क्राइम सम्बन्धि निक्कै कडा कानुन बनाएको हुँदा सामाजिक संजाल प्रयोग गर्दा समेत सचेत रहन दूतावासले साउदीमा कार्यरत नेपाली लाई अनुरोध गरेको छ।
आइतबार एक सूचना जारी गर्दै दूतावासले यस्तो कानुन उल्लंघन गरेमा ५ बर्षको जेल सजाय र ३० लाख रियल जरिवाना अथवा दुबै सजाय हुन सक्ने भन्दै कानुनको पालना गरेर मात्र सामाजिक संजालको प्रयोग गर्न आग्रह गरेको छ।
यस्तै दूतावासले भबिस्यमा नेपाली कामदारले कानुनी झन्झटको सामना गर्न नपरोस् भन्ने उदेश्य सहित साउदी अरवमा कार्यरत रहदा गर्न हुने र नहुने विभिन्न नियम कानुन बारे समेत सुचना मार्फत जानकारी दिएको छ।
यस्तो छ साउदीअरवमा रहदा गर्न हुने र नहुने कामहरू