दुवै अध्यक्षले पुस्तक नलेखेसम्म शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा बुझिदैन- प्रचण्ड

काठमाडौं, असोज २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताएका छन् ।

 

 

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।’

 

 

हिजोको विचार संघर्ष, राजनीति संघर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढङ्गले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र संघर्षर्षसँग सम्बन्धित रहेको टिप्पणी गरे ।

 

 

अध्यक्ष प्रचण्डले स्व. गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गरे । आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै प्रचण्डले भने ‘गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो ।’

 

 

उनले कम्युनिस्टसँगको एकता र शान्ति प्रक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय भएको बताए । संघर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहँदा दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको कर्मले मौका दिएको उनले स्मरण गरे ।

कमेन्ट गर्नुहोस्