खेतमा काम गर्दा सबैभन्दा धेरै सन्तुष्टी मिल्छः कृषि राज्यमन्त्री चौधरी [फोटो फिचर]

काठमाडौं, असोज २२ । ललितपुर स्थित खुमलटारमा रहेको कृषि अनुसन्धान केन्द्रमा आयोजित आठौं राष्टि«य जिन बैंक तथा कृषि जैविक विविधता दिवस २०७५ को सुरु भएको छ । सो दिवसको उद्घाटन एक कार्यक्रमकाबीच कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले गरेकी छन् ।

 

सो अवसरमा बोल्दै उनले स्थानीय बालिलार्इ संरक्षण, सम्वद्धन र बिकास गरि प्रसार गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै कृषि वंशाणु आरक्ष स्थलको उद्घाटन पनि उद्घाटन गरिएको छ ।

खेतमा बीउ छरेर राज्य मन्त्री चौधरीले नै आरक्ष स्थलको उद्घाटन गरिन् । उनले आफू किसानको छोरी भएकोले कृषिको जस्तो सुकै काम गर्न अपठेरो नमान्नेसमेत बताइन् ।

 

खेतमा काम गरेको दिन सबैभन्दा धेरै सन्तुष्टी लाग्ने गरेकोसमेत राज्य मन्त्री चौधरीले बताइन् । किसानले खाद्यजन्य वस्तुको उत्पादन आफ्नो रगत पसिना बगाएर गरेकोले नै महलमा बस्नेले खानपाएको उनले बताइन् । किसानलार्इ सबैले सम्मान र सहयो गरे मात्र उत्पादनमा वृद्धि गर्न सकिने राज्य मन्त्री चौधरीको भनाई छ ।

जिन बैंकले ८ बर्षदेखि कृषि आनुवंशिक स्रोतको खोज तथा संकलन गरीरहेको छ । साथै, उसले विभिन्न बालीहरुको पाँच सय लोपउन्मुख स्थानीय जातका बिउहरुको संरक्षण गर्दै आइरहेको छ ।

 

राज्यमन्त्री चौधरीले खुमल्टारमा अनुसन्धान गरीरहेको विभिन्न बाली,तरकारीबारीको पनि निरिक्षण गरेकी थिइन् । साथै, उनले जिन बैंकको पनि निरीक्षण गरिन् ।

कमेन्ट गर्नुहोस्