नेकपाको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ गम्भीर छलफल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओली र प्रचण्डको व्यस्तताले गर्दा स्थिगीत बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो ।

 

बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ । पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ ।

 

आजको बैठकमा पार्टीभित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । साथै, पार्टीको जिल्ला तथा प्रदेश र जनसंगठनको एकतालाई पनि टुंग्याउनका लागि बैठकमा छलफल हुने केही दिनअघि शिर्ष नेताहरुले बताएका थिए ।

कमेन्ट गर्नुहोस्