गायिका सारिका घिमिरेको स्वर रहेको ‘दिल टुटेको’ गीत बजारमा (भिडियोसहित)

गायिका तथा नायिका सारिका घिमिरे दिल टुटेको कसरी भनु भन्दै आएकी छन् । उनको सार्वजनिक नयाँ गीतमा उनी यसो भन्दै आएकी हुन् ।

सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुटेयो कसरी भनु म‘।’को गीतको भिडियो सार्वजनिक भएको हो । विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

गतवर्ष मोहनी एल्बम स्रोतारदर्शकमाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ अग्लाएकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् ।

अभिनय सँगसँगै गायनमा पनि व्यस्त रहेकी सारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउन सक्छु।’

सारिकाको स्वर राम्रो भएको र उनी गायन क्षेत्रमा एउटा आशलाग्दो गायिकाका रुपमा आएको यससँग सम्बन्धित बताउँछन् ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्