नमुना गाउँपालिका बनाउने लक्ष्यमा बबईको तयारी

हापुरे, असोज २२ । जिल्लाको नमुना गाउँपालिका बनाउने गरी बबई गाउँपालिकाका जनप्रतिनीधि खटिएका छन् ।

दैनिक जनताको सेवा गरिरहेका उनीहरुले गाउँपालिकाको समग्र विकासका लागि बृहत गुरुयोजना निर्माणमा जुटेका हुन् ।

गाउँपालिकाको समग्र वस्तु स्थितिका बारेमा बृहत गुरुयोजना निर्माणको तयारी गरीरहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिएका छन् । गाउँपालिकाको बिकास गर्नका लागि योजनाबद्ध कार्यका लागि गुरुयोजना निर्माण गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

त्यसका लागि गाउँपालिकाका जनप्रतिनीधिहरु भेला भएर छलफल समेत गरेका छन् ।

उनीहरुले ४ वर्षमा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी गुरुयोजना निर्माण संकल्पसहित जुटेका छन् । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको भन्दै गुरुयोजना निर्माण गरी काम गर्ने बताएका छन् ।

बबई गाउँपालिका—१ क वडाध्यक्ष खड्गबहादुर कुवरले समग्र गाउँपालिका र वडाको विकासका लागि दिनरात खटिरहेको भन्दै आफुहरुले अबको चार बर्षमा नमुना गाउँपालिका बनाउने संकल्पसहित खटेको बतााए । जनप्रतिनिधि एक्लैले केही नहुने भन्दै कवरले सबैले त्यस कार्यमा सहयोग गर्नुपर्ने बताए ।

यस्तै वडा नं.६ का वडाध्यक्ष रामबहादुर डाँगीले सबै जनताले हालसम्म साथ दिएको भन्दै सबैको सहयोगले नमुना काम गर्ने बताएका छन् । वडा नं.२ का वडाध्यक्ष चिन्तामणी शर्माले स्थानीय, प्रदेश र संघीय सरकारले जनता लक्षित कार्यक्रम ल्याएमा काम गर्न सहज हुने बताएका छन् ।

यसैबीच बबई गाउँपालिकाले बृहत गुरुयोजना निर्माणका विभिन्न समिति गठन गरिएको छ ।

आगामी छ महिनाभित्र काम सक्ने गरी विभिन्न समिति गठन गरिएको हो । बृहत गुरुयोजना निर्माणका लागि ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर काठमाडौँले जिम्मा लिएको छ ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको संयोजकत्वमा निर्देशक समिति, गाउँपालिकाका प्रवक्ता टंकराज विश्वकर्माको संयोजकत्वमा संयोजन समिति गठन गरिएको छ । यस्तै वडाध्यक्ष रामबहादुर डाँगीको संयोजकत्वमा आर्थिक विकास समिति, वडाध्यक्ष टेकबहादुर वलीको संयोकत्वमा सामाजिक विकास समिति, वडाध्यक्ष डम्बर श्रीस मगरको संयोजकत्वमा पुर्बाधार विकास समिति गठन गरिएको छ ।

यस्तै वडाध्यक्ष खड्गबहादुर कवरको संयोकत्वमा वातावरण तथा विकास र वडाध्यक्ष नन्दलाल वलीको संयोकत्वमा सस्थागत विकास सेवा प्रवाह तथा सुशासन समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्