दाङमा थारु पत्रकार संघको सातौं साधारणसभा एवंं राष्ट्रिय भेलाको भव्य आयोजना

काठमाडौं, असोज २२ । थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितीको सातौं साधारणसभा एवंम राष्ट्रिय भेला भव्य आयोजना हुने भएको छ ।

१७ वटा जिल्लामा आफ्नो शाखा बिस्तार गरिसकेको थापसको साधारण सभा एवंम राष्ट्रिय भेला यहीँ असोज २६, २७ र २८ गते दाङ जिल्लाको घोराहीमा अवस्थित भिंग्रेली रिसोर्टको प्रांगणमा आयोजना गर्ने थापस केन्द्रीय कार्यसमितिको बसेको बैठकले निर्णय गरेको संघको महासचिव किशोर चौधरी शरिखाले जानकारी दिए ।

जानकारी अनुसार भेलाको लागी सम्पूर्ण तयारी पूरा भैइसकेको छ ।

उक्त साधारणसभा एवम् राष्ट्रिय भेलामा प्रत्येक जिल्ला शाखाबाट ४ जना प्रतिनिधि र १ जना पर्यवेक्षकसहित ५ जना उपस्थित हुन सक्ने छ्न भने असोज २६ गते बेलुका सम्म सम्पुर्ण थारु पत्रकारहरु दाङ पुगी सक्नुपर्ने छ।

साथै सोही भेलामा ४ जना उत्कृष्ट थारु पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार क्रमशः एघार हजार एक सय एघार रुपैयाँ राशी बराबरको सतौन स्मृति राष्ट्रिय थारु पत्रकारीता पुरस्कार, बाह्र हजार एक सय एक्काउन्न रुपैयाँ राशी बराबरको सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारीता पुरस्कार त्यसैगरी दश हजार एक समय एघार रुपैयाँ राशी बराबरको ओएसिस राष्ट्रिय थारु पत्रकारीता पुरस्कार र पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशी बराबरको जोखन रत्गैया राष्ट्रिय थारु पत्रकारीता पुरस्कारबाट थारु पत्रकारलाई पुरस्कृत गर्ने र कुनै एक जिल्ला शाखालाई वर्षको उत्कृष्ट जिल्लाशाखाको रुपमा सम्मान गर्ने निर्णय भएको महासचिव चौधरीले बताए ।

प्रदेश नं.५ भित्र पर्ने जिल्ला शाखाको संयोजकत्व तथा दाङ जिल्ला शाखाको सक्रियतामा आयोजना हुन लागेको सो साधारण सभा एवम् राष्ट्रिय भेलामा थारु संस्कृति झल्किने नाचगानको साथसाथै थारु खाना परिकारको व्यवस्था समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्