न्यूयोर्कमा विवाहको कार दुर्घटनामा २० जनाको मृत्यु

न्यूयोर्क, असोज २२ । अमेरिकाको न्युयोर्कमा विवाहको कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । न्यूयोर्कको स्कोहारी शहरमा भएकाे सो दुर्घटनामा १८ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य केही घाईते भएका छन् । न्यूयोर्क प्रहरीले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको जानकारी दिएको छ ।

न्यूयोर्कको राष्ट्रिय यातायात सुरक्षा बोर्डले ट्वीटमार्फत अनुसन्धानकर्ताहरुको टोली घटनास्थलमा पठाइसकिएको जनाएको छ। प्रतक्ष्यदर्शीका अनुसार, दुर्घटना नियतवश भएको र दुर्घटना गराउनमा दुई वटा गाडीहरु संलग्न रहेको बताएका छन् । अनुसन्धानबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

कार सडकभन्दा पर आएर दुर्घटनामा परेको उनीहरुको भनाई छ । प्रत्यक्षदर्शीहरूले लिएको तस्वीरमा कार सडकबाट चिप्लिएर रुखमा ठोक्किएको छ ।

कमेन्ट गर्नुहोस्