सपनको स्वर रहेको ‘सुरमै जादु छ’ गीतमा सोहम र सिम्पलको यस्तो छ रोमान्स (भिडियोसहित)

युटुबबाट भाइरल बनेका सपन श्रेष्ठको पहिलो गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित पप गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा इटहरीस्थित कुण्डलिनिमा एक कार्यक्रम माझ गीत तथा भिडियो सार्बजनिक गरिएको हो ।

गायक कमल खत्रीकै शब्द रचना तथा संगीतमा सपन श्रेष्ठले ‘सुरमै जादु छ’ बोलको गित रेकर्ड गरेका हुन् । शुत्र इन्टरटेनमेन्ट स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई डिजिटल डिथ्री टिभीबाट सार्वजनिक गरिएको छ ।

द मोन्टाजका पवन सुस्लि‌गको कन्सेप्ट तथा निर्देशनमा निर्माण गरिएको सार्वजनिक म्यूजिक भिडियोमा संचारकर्मी सुवास संकल्पले सहायक निर्देशन तथा निर्माण व्यवस्थापन गरेका छन् । चर्चित मोडल सोहम गुरागाई र सिम्पल खरेल फ़िचरिङ उक्त्त म्युजिक भिडियो निकै रोमाञ्चक बनेको छ । राजधानी गोठाटार र आसपासका क्षेत्रमा पवन सुस्लि‌गले छायांकन गरेको भिडियो निकै उत्कृष्ट बनेको छ । साथै, भिडियोलाई सम्पादन समेत द मोन्टाजका पवन सुस्लि‌गले नै गरेका हुन् ।

सांगीतिक यात्रामा रहर हुँदाहुँदै पनि आर्थिक अभावले आफ्ना इच्छा आकांक्षालाइ आफुभित्र मात्र सीमित पारेका सपन श्रेष्ठलाई डिथ्री अनलाइनका सुवास संकल्पको अगुवाइमा गीत रेकर्ड तथा म्युजिक भिडियो छायांकन गर्न सफल भएको हो । चर्चित गायक कमल खत्री, मोडलद्वय सोहम र सिम्पल, पवन सुस्लिंगले निस्वार्थरुपले म्यूजिक भिडियो तथा गीत रेकर्डमा सहयोग गरेका थिए । साथै देश तथा विदेशबाट विभिन्न व्यक्तित्वहरु तथा संघसस्थाबाट प्राप्त आर्थिक सहयोगले सपनको सांगीतिक यात्रामा अघि बढ्न महत्वपूर्ण योगदाल पुर्याएको छ ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्