एम्बाप्पेको यस्तो रेकर्ड, नेयमार परे जिल्ल

काठमाडौं, असोज २२ । सन २०१८ को फिफा विश्वकपमा च्याम्पियन टोली फ्रान्सको बलियो खम्बाका रूपमा उदाएका युवा खेलाडी किलियन एम्बाप्पेले एकै खेलको १३ मिनेटको अवधिमा ४ गोल गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लियोनलाई पिएसजीले ५–० को भारी अन्तरले हराएको खेलमा पिएसजीको तर्फबाट एक्लै एम्बाप्पेले ४ गोल गरेका हुन् ।

खेलको दोस्रो हाफ सुरु हुँदासम्म पिएसजी सुरुको ९ औँ मिनेटमा नेयामारले गरेको एक मात्र गोलका कारण अग्रतामा रहेको पिएसजीको अग्रता खेलको दोस्रो हाफको ६१औं मिनेटमा गोल गर्दै एम्बाप्पेले दोब्बर पारेका थिए ।

त्यसको ५ मिनेटपछि अर्थात खेलको ६६ औं मिनेटमा उनले दोस्रो गोल गरे भने खेलको ६९औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । खेलको ७४ औ मिनेटमा गोल गर्दै एम्बाप्पेले चार गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।

यसअघि पहिलो हापको ९ औं मिनेटमा अर्का चर्चित खेलाडी जुनियर नेयमारले पहिलो गोल गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्