सचिवालय बैठक चलिरहेकै बेला किन छिरे अख्तियार प्रमुख बालुवाटार ?

काठमाडौं, असोज २२ ।

बालवाटारमा नेकपाको सचिवालय बैठक चलिरहेको थियो । हिज स्थगित भएको बैठकले पछल्लो समय पार्टी र सरकारको विषयमा चुलिएको अन्तरविरोधलाई सम्बोधन गरिने अनुमान गरिएको बैठक विदेश भ्रमणको अनुभव सुनाउँदैमा सकिएको पार्टी प्रकक्ता नारायणकाजि श्रेष्ठले जानकारी गराए ।

सचवालयको बैठक चलिरहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख नवीनकुमार घिमिरे प्रधानमन्त्री भेट्न सुटुक्क बालुवाटाु पगेका थिए । स्रोतका अनुसार बैठक केही बेर रोकेर प्रधानमन्त्री केपी ओली र ले अख्तियार प्रमुख घिमिरेबीच गोप्य छलफल भएको थियो ।

भ्रष्टचार नियन्त्रणमा आफ्नो भूमिका सशक्त हुने बताउँदै आएका घिमिरेले पछिल्लो समय आयोगले गरेका काम र प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र घिमिरेबीच भएको गोप्य बैठक घण्टासम्म चलेको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले अख्तियारले साना भ्रष्टाचारीलाई मात्रै पक्राउ गरेको गुनासो आइरहेको भन्दै ठुला किसिमका अनियमितामा सग्लनहरुमाथिको छानविन प्रक्रियालाई तिब्र बनाउन आग्रह गरेका छन् ।

जवाफमा प्रमुख घिमिरेले अख्तियारले सबै किसिमको भ्रष्टाचारको विषयलाई उत्तिकै प्राथमिकता दिएको भन्दै पछिल्लो समय ठुला किसिमका अनियमिताको अनुसन्धानमा आफुलाई केन्द्रित गराएको जानकारी गराएका थिए ।

घिमिरेले केही दिनअघि मात्रै बर्दियाको बवई पुल निर्माण गर्दा अनियमिता गर्ने कार्यमा संग्लनमाथि कारवाहीका लागि बिशेष अदालतमा मुद्दा दर्ता गराएको स्मरण गराएका थिए ।

कमेन्ट गर्नुहोस्