मुक्तक : सारा जीवन तड्पिएरै समर्पण गर्नैपर्ने !

विद्या भण्डारी ‘आँसु’

आज तिम्रो संमझनामा तर्पण गर्नैपर्ने
ईश्वरलाई साक्षी राखी अर्पण गर्नैपर्ने
प्रतिबिम्ब हेरी हेरी दिनरात टोलाउँदा
सारा जीवन तड्पिएरै समर्पण गर्नैपर्ने !

जीवनभरि तिम्रो द्वारको, पाले जस्तैः भए
आफन्तको नजरमा यहाँ, फाले जस्तैः भए
जस्लाई आफ्नु ठानेपनि दुखाउ छन् मन
छिया–छिया मुटु पारी हेर, टाले जस्तैः भए !

कमेन्ट गर्नुहोस्