मुख्यमन्त्री कार्यालयमा इलेक्ट्रोनिक हाजिरको प्रयोग

धनगढी, असोज २२ । प्रदेश नं. ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आजदेखि इलेक्ट्रोनिक हाजिरको प्रयोग थालिएको छ ।

कर्मचारीहरू कार्यालयप्रति जवाफदेही बनी समयमै उपस्थित होउन भन्ने उदेश्यले हाजिरको प्रयोग थालिएको माननीय मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले बताए ।

उक्त हाजिर प्रयोगमा आएपछि अब कर्मचारीहरु कार्यालयमा आए नआएको बारे सजिलै थाहा पाउन सकिनेछ ।

उक्त हाजिरको प्रयोगले कर्मचारीहरु कामप्रति उत्तरदायी बनी कार्य सम्पादनमा सहज हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्