चार वटा समिति सभापतिद्वारा सपथ ग्रहण

कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चारवटा समितिका सभापतिहरुले सपथ लिएका छन् ।

धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई शपथ गराएका हुन् ।

अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बमले शपथ लिएका हुन् ।

कुँवर, जोशी र चौधरी नेकपा तथा बम नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् ।

चारओटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्