अर्थशास्त्रमा नोबेल पुरस्कार घोषणा

बिभिन्न विधामा नोबेल पुरस्कार घोषणा हुने क्रम जारी रहेको छ । यस अन्तर्गत यसवर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विलियम द नोर्थाउजन र पाउल एम रोमरले पाएका छन् ।

दुबैलाई ९० लाख स्वीडिस क्रोनर पाइने छ ।

विलियम नोर्थाउजनलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानीमाथि गरिएको कामका लागि यो सम्मान दिइएको हो ।

पाउल रोमरले भने एउटा असल आर्थिक विकास दर हासिल गर्न अर्थशास्त्रीको भूमिकाका लागि यो सम्मान दिइएको नोबल पुरस्कार छनौट समितिले जनाएको छ ।

संसारले नै भोगिरहेको जटिल समस्या हल गर्न मद्दत पुर्याएकोमा दुबैलाई पुरस्कार दिइएको नोबल कमिटिले जनाएको छ।

गत वर्ष यो सम्मान रिचर्ड थेलरलाई पाइएको थियो ।

कमेन्ट गर्नुहोस्