आइसीसी बरियतामा परेनन् सन्दीप, नेपालबाट दुई खेलाडी समावेश

काठमाडौं । चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा पर्न सकेनन् ।

आइसीसीले सोमबार निकालेको नयाँ वरीयतामा नेपालका दुईजना बलरले भने आफ्नो नाम लेखाउन सफल भएका छन ।

सार्वजनिक ट्वान्टी–ट्वान्टीको क्रिकेटको बरीयतामा नेपालका सोमपाल कामी र बसन्त रेग्मी परेका छन् । बसन्तले ७१ औँ स्थानमा आफ्नो नाम लेखाउन सफल भएका छन् भने सोमपाल बलिङको ९३औँ स्थानमा आएका हुन् ।

नेपालका चर्चित बलर सन्दी लामिछाने भने आइसीसीको यसबर्षको बरीयतामा अटाउन सकेनन् । टी–ट्वान्टी बलिङतर्फ अफगानस्थानका रसिद खान पहिलो नम्बरमा छन् ।

कमेन्ट गर्नुहोस्