पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

काठमाडौं, असोज २३ । थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ ।

 

 

उनी मुम्बईको वाधलापाडस्थित पद्मश्री सिद्ध योगपिठ गुरुधाममा घटस्थापना अर्थात असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

 

 

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जानाउनेछन् । ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्