अन्ततः वामदेव काठमाडौंबाटै चुनाव लड्ने, मानन्धरले सिट खाली गर्दै

काठमाडौं, आसेज २३ । नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् ।

 

 

मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ ।

 

 

नेकपाको उच्चस्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । पटक पटक सम्पर्क गर्दा मानन्धरको माबोईल स्विचअफ पाइएको छ । काठमाडौं ७ बाट मानन्धर दोस्रोपटक सांसद निर्वाचित भएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्