नेपाल भर्सेस भुटानः नेपाललाई पहिलो झड्का, बिनोद शून्य रनमै आउट !

काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाल आज भूटानसँग भिड्दैछ।

 

 

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

 

भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने नेपालले पहिहले ब्याटिङ गर्दैछ। यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुँदैछ।

 

 

यसैबीच, नेपाललाई खराब सुरुवात गरेको छ । उसले प्रारम्भिक ब्याट्स्म्यान बिनोद भण्डारी आउट भएका छन् । उनी शून्य रनमै आउट भएका छन ।

 

 

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।

कमेन्ट गर्नुहोस्