भुटानले गुमायो ४ ओभरमा ४ विकेट, सन्दीपलाई दोस्रो सफलता !

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले चार ओभरमा चार विकेट गुमाएको छ ।

 

साथै, उसले चार ओभरको खेल सकिदा मात्र चार रन बनाएको छ । सन्दिप लामिछानेले २ मेडन ओभरसहित २ विकेट लिएका छन् । यस्तै, ललित राजवंशीले पनि पहिलो ओभरमै २ विकेट लिएका छन् ।

 

 

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले द्धार विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

 

 

भुटानको लगातार विकेट पतन हुन थालेका छन् । पहिलो ओभरमै २ विकेट गुमाएको उसले फेरि अर्को विकेट गुमाएको छ । भुटानको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

 

कमेन्ट गर्नुहोस्