भुटानले १० रन बनाउँदा ६ विकेट गुमायो, नेपाल जित नजिक !

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनमो विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले दश रनमै सात विकेट गुमाएकोे छ । भुटानको इनिङ तहसनहस बनाउन नेपालका सन्दिप र ललित घात भए । उनीहरु दुवैले समान ३ ३ विकेट लिन सफल भए ।

 

 

आज ललितनारायाण राजवंशीले पहिलो ओभरमै २ विकेट लिएका थिए । यस्तै, उनले छैठौं ओभरमा अर्को विकेट थप्दै आफ्नो खातामा तेस्रो विकेट लेखे । यस्तै सन्दिपलेपनि तिन विकेट लिएका छन् ।

 

 

उनले दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिए । र तेस्रो विकेट ५.५ ओरमा लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

 

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

 

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

 

 

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

 

कमेन्ट गर्नुहोस्