भुटानको ९ विकेट पतन, ११ ओभर सकिदा मात्र १६ रन !

काठमाडौं । 

मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनमो विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले नवौं विकेट गुमाएको छ । उसको सातौ, आठौं र नवौ विकेट बसन्त रेग्मी र दिपेन्द्रसिंह ऐरीले लिएका हुन् । बसन्तले २ विकेट लिए । यसअघि सन्दिप लामिछाने र ललित राजवंशीले भुटानका तीनतीन विकेट लिइसकेका छन् ।

 

आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

 

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

 

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

 

 

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

कमेन्ट गर्नुहोस्