भुटान ३३ रनमै अलआउट, नेपालको लगातार चौंथो जित

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी-२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा पनि नेपाल विजयी भएको छ । आज भुटानलाई हराउँदै नेपाल चौंथो खेलमा ११७ रनले विजयी भएको हो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले चार विकेटको क्षतीमा १५० रन बनाउ सक्यो । १५१ रनको विजयी लक्ष्य पछ्याएको भेटान ३३ रन मात्र बनाउँदै अलाआउट भयो । भुटानका लागि तेन्जिन वाङचुकले ११ रन बनाउनुबाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन ।

बलिङमा नेपालका सन्दीप र ललित नारायण राजवंशीले समान तीनतीन विकेट, बसन्त रेग्मीले २, दिपेन्द्र ऐरी र शरद भेषवाकरले समान एकएक विकेट लिन सफल भए ।

 

 

आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

कमेन्ट गर्नुहोस्