विचाराधीन मुद्दामा समाचार लेख्दा न्यायलयलाई क्षति : प्रधानन्यायाधीश

काठमाडौं, असोज २३ ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चारमाध्यमले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आज संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले अदालतलाई क्षति पुर्‍याउने, मानव अधिकार र न्यायमा असर पर्नेगरी काम गर्न दिनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि स्पष्ट पारे ।

प्रधानन्यायाधीश मिश्रले न्याय सेवाको सुधारका लागि सम्बन्धित सबै निकायलाई सहयोग गर्न पनि आह्वान गरे ।

कमेन्ट गर्नुहोस्