साउदीमा ६ बर्ष देखि बिना तलब काम गर्न बाध्य नेपाली महिला कामदारको उद्दार

रियाद,असोज २४ । घरेलुु महिला कामदारका रूपमा ६ बर्ष अघि साउदी अरब पुगि स्थानीय नागरिकको घरमा बिना तलब काम गर्न बाध्य एक नेपाली महिलालाई उद्दार गरिएको छ।

नेपालमा दलालको प्रलोभनमा परि साउदी अरब पुगेकी साबिक भरौला गा.बि स सुनसरीकि निर्मला तामाङलाई गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको विशेष पहल र रियाद स्थित नेपाली राजदुतावासको सहयोगमामा उद्दार गरि सेप्टेम्बर २४ तारीख स्वदेश फिर्ता गरिएको हो ।

साउदी पुगेको ५ बर्ष सम्म स्थानीय अरबिको घरमा काम गर्दै आएकी निर्मलालाई बन्धक बनाइ पारिवारिक सम्पर्क भन्दा बाहिर राखेको र ५ बर्ष सम्म काम गरेको पारिस्रमिक समेत नदिएको गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले जानकारी दिएको छ।

निर्मला तामाङ

लामो समय सम्म स्थानीय नागरिकको घरमा बिना तलब काम गर्न बाध्य भएकी उनले एक बर्ष अघि उक्त घर छाडेर भागेको र परिवारको सम्पर्कमा आएर आफ्नो पिडा राखेपछि आर सि सि अल कासिमको सहयोगमा उनलाई दूतावासको सेल्टरमा राखी आवश्यक कानुनी र कागजी प्रक्रिया पूरा गरि स्वदेश फर्काइएको दूतावास स्रोतले जानकारी दिएको छ।

सेल्टरमा अरुपनि महिला भएको हुँदा क्रमगत रूपमा काम गर्नुपर्यो हाम्रो सम्पर्कमा आएदेखी नै हामीले उनलाई स्वदेश फर्काउन पहल गरेका हौ ।टिकट सहयोग गरेर स्वदेश फर्कायै दुताबासका प्रथम सचिब विजय राउतको भनाइ छ।

कमेन्ट गर्नुहोस्