मानन्धरकाे राजीनामाले वामदेवको मुहारमा चमक, भने- ‘नतमस्तक छु कमरेड रामवीर’

काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने अब चाहिँ पक्का भइसकेको छ । धेरै जिल्लामा नजर लगाएका गौतम अन्तिममा काठमाडौंबाटै चुनाव लड्ने भएका हुन् ।

चुनाव लड्नका लागि उनको नजर डोल्पा, प्युठान हुँदाहुँदा सुदूरपश्चिमको बैतडी पुगेको खबर यसअघि सार्वजनिक भएका थिए । तर, त्यहाँका नेकपा नेताहरुले राजीनामा दिन आनाकानी गरेपछि बामदेव दिक्क भएका थिए ।

उनी चौरैबाट हार खाएर अक के गर्नेहोला त भन्ने मनस्थितीमा पुगका थिए । तर, हठात् उनको मुहारमा चमक छर्न आइपुगे काठमाडौं सातबाट निर्वाचीत नेकपाका सांसद रामबीर मानन्धर !

जब रविले बामदेवका लागि राजीनामा दिदैछु भनेर पत्रकार सम्मेलन गरे सायद नेता गौतमको खुट्टा भइमा थिएनन् होला । यसैको उदाहरण हो- बामदेवले आफ्नो व्यक्तिगत पेजमा राखेको रामबीरप्रतिको धन्यवादका शब्दगुच्छा ! नेता गौतमले मानन्धरलाई यतिसम्म भनेकि नतमस्तक छु कमरेड रामबीर मानन्धर

बामदेवले अरु केके भने मानन्धरले राजीनामा घोषणा गरेपछि हेर्नुस्

नतमस्तक छु कमरेड रामबीर मानन्धर ,
तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिब्यक्ति दिनुभयो त्यो बिचार ले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलीका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन ।

 

पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भुमिका र जिम्मेवारी जे जस्तो दिए पनी जनताको काममा संधैसँगै रहनेछौं ।

कमेन्ट गर्नुहोस्