नेपाल भर्सेस चीनः नेपाल टस जितेर फिल्डीङ गर्दै

काठमाडाै, असाेज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ । खेल बिहान ७ः४५ देखि सुरु भएको हो ।

आज नियमित कप्तान पारस खड्काले विश्राम लिएका छन् । कप्तानको जिम्मा ज्ञानेन्द्रलाई दिइएको छ ।

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

 

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

कमेन्ट गर्नुहोस्