काठमाडौ, असोज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।
खेल बिहान ७ः४५ देखि सुरु भएको हो । यसैबीच, नेपालाई तेस्रो सफलता मिलेको छ । दोस्रो र तेस्रो विकेट सन्दिप लामिछानेले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् । यसअघि ललित राजवंशीले पहहिलो विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिएका थिए ।
लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्
प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।