चीनको छैठौं विकेट पतन, सन्दीपलाई तेस्रो सफलता

काठमाडौ, असोज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।

 

 

खेल बिहान ७ः४५ देखि सुरु भएको हो । यसैबीच, नेपालाई छैठौं सफलता मिलेको छ । दोस्रो र तेस्रो विकेट सन्दिप लामिछानेले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् ।

 

 

यस्तै, पाँचौं विकेट बसन्त रेग्मीले लिए । यस्तै पाँचौं विकेट रन आउट हुँदा छैठौं विकेट सन्दीपले लिएका छन् । योसँगै आज सन्दीपको नाममा तीन विकेट दर्ता भएको छ ।   यसअघि ललित राजवंशीले पहहिलो विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिएका थिए ।

 

लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

कमेन्ट गर्नुहोस्